अदालत

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, नागरिकता अध्यादेशविरुद्धका रिटमाथि सुनुवाइ जारी

इकागज |
जेठ २१, २०७८ शुक्रबार १३:३६ बजे

काठमाडौँ : सर्वोच्च अदालतमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार संवैधानिक इजलास गठन गरेका हुन् ।

९ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्ने उक्त संवैधानिक इजलास गठन गरिएको हो । इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।


यसअघि प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा पनि ‌संवैधानिक इजलास गठन गरिएको थियो तर इजलास गठनको प्रक्रियामा विवाद भएको थियो । शुक्रबार नागरिकता अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ सुरु भइसकेको छ ।  


Author

थप समाचार
x