क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी, आजै फैसला आउन सक्ने
फाइल फोटो
काठमाडौं -बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसला हुने सम्भावना रहेको छ ।
जिल्ला अदालत काठमाडौंमा हिजोदेखि पुनः सुरु भएको सुनुवाइ नसकिएपछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ ।
बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई बिहिबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने विरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आकलन गरिएको छ । हिजोको सुनुवाइमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।
बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जबाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ ।
परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया