न्यायाधीश मरासेनीको शोकमा अदालत बन्द हुने
काठमाडौँ- उच्च अदालत पाटनका न्यायाधीश मातृका प्रसाद मरासेनीको निधनमा उच्च अदालत पाटन र मातहतका जिल्ला अदालतहरूमा शोक विदाको रूपमा बन्द भएका छन् । आज सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठकले शोक विदाको रूपमा बन्द रहने निर्णय गरेको हो ।
हृदयघातले मरासेनीको मंगलबार निधन भएको थियो । हृदयघात भएपछि कलंकीको नेशनल अस्पताल पुर्याइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया