ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना दोषी ठहर
फाइल फोटो
वीरगञ्ज - मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन्।
अर्याल र टराईसँगै वीरगञ्ज महानगरपालिका-२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहर भएका छन् । कानुनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानुनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरूले फाइदा लिई नेपाल सरकारलाई हानी पुर्याएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई बुधबार दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जनाविरुद्ध गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो।
पर्सा साविक अलौ गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ को ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएर ऐलानी जग्गा कानुन विपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानुनी कार्यबाट सरकारलाई हानी पुर्याएको अभियोगमा उनीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया