काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
फाइल फाेटाे
काठमाडौँ - नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।
संघीय संसद सचिवालयले बुधवार एक सूचना जारी गर्दै सर्वोच्चका आदेश अनुसार सांसद गुरुङको निलम्बन फुकुवा गरेको जानकारी दिएको हो ।
गत चैत १६ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवाको आदेश दिएको थियो ।
मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेपछि संसद सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) र दफा ३३ बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः: निलम्बन गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया