अदालत

जसपा फुटविद्धको रिटमा सर्वोच्चको आदेश - निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्नु

इकागज |
जेठ २, २०८१ बुधबार २०:१४ बजे

फाइल फाेटाे

काठमाडौं - सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुट विरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

बुधबार न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्न यस्तो आदेश जारी गरेको हो । 


सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै यही जेठ ८ गतेको पेसी तोकेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादवले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो  । 


Author

थप समाचार
x