अदालत

अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते सर्वोच्चले फैसला सुनाउने

इकागज |
जेठ २३, २०८१ बुधबार २१:११ बजे

फाइल फाेटाे

काठमाडौँ - सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने पेशी तोकेको छ ।  सशस्त्र द्वन्द्वकालीन घटनाका सन्दर्भमा पूर्वसभामुख सापकोटासँग जोडिएको मुद्दा लामो समयपछि सुनुवाइ सकेर असार १२ गते फैसला गर्ने भएको हो । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासमा आज सुनुवाई सकिएपछि असर १२ लाई फैसलाको दिन तोकेको हो ।


सशस्त्र युद्धको क्रममा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध दिएको किटानी जाहेरी दिएकी थिइन् । 

यस जाहेरीलाई प्रहरीले लामो समयसम्म नलिएपछि सर्वोच्च अदालतले २०६४ को फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि प्रहरीले दर्ता गरेको थियो ।


Author

थप समाचार
x