अदालत

कोसी प्रदेशको मुद्दा रेग्मी, सुवेदी र मुसलमानको इजलासमा

इकागज |
जेठ ३१, २०८१ बिहीबार ११:५४ बजे

काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्धकोे रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको छ । 

कोशीमा संकल्प प्रस्तावको निर्देशनअनुसार मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिएको भन्दै एमाले, माओवादीसहितका दलले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमारलाई मुख्यमन्त्री नियुक्त गरे ।


नियुक्तिलगत्तै त्यसबेला बाहल रहेका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव देखाएर सरकार परिवर्तन भएको भन्दै रिट दायर गरेका थिए । अहिले अंकगणित हिक्मतका पक्षमा देखिएको छ भने केदार कार्कीलाई संविधानअनुसार पदमुक्त हुने प्रक्रिया नै पूरा गरिएको छैन ।

 


Author

थप समाचार
x