अदालत

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश

इकागज |
असार १८, २०८१ मंगलबार १६:२ बजे

फाइल फोटो

काठमाडौँ - सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

 न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथिको सुनुवाइ गर्दै सरकारका नाममा उक्त आदेश जारी गरेको हो । सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । 


अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । सोही नियुक्तिका लागि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सरकारले उक्त प्रक्रिया रद्द गरी पुरानै सदस्यहरू रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समिति समेत गठन गरिसकेको छ । 


Author

थप समाचार
x