Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अदालत

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

इकागज |
असार ३१, २०८१ सोमबार १३:२६ बजे

फाइल फोटो

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।


राष्ट्रपतिले संविधानको प्रावधानको विपरीत ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ । रिटमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एमाले अध्यक्ष ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरेका थिए ।

यो रिट दर्ता भएर असार ६ गतेको लागि पेसी तोकिएको छ ।


Author

थप समाचार
x