प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा
'प्रधानमन्त्रीले लेखेको चिठी नहेरी लालमाेहर लाउने काम भयो'
काठमाडौँ : वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानमन्त्रीले लेखेको चिठी नहेरी राष्ट्रपतिले लालमोहर लाउने काम गरेको दाबी गरेका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको बिहीबार सवैधानिक सुनुवाइमा बहसमा भाग दिँदै वरिष्ठ अधिवक्ता दाहालले सिंगो सत्तालाई राष्ट्रपति विधादेवी भण्डारीले न्याय गर्नु नसकेको जिकिर गरे ।
'प्रधानमन्त्रीले लेखेको चिठी नहेरी लालमोहर लाउने काम भयो,' उनले भने, 'रामवरणको पालामा सोच-विचार गरेर निर्णय लिइयो । सेनापति कटवाल केसमा अदालतले राष्ट्रपतिलाई फिर्ता पठाउँदा परामर्श गर्ने अधिकार छ भन्यो । सिंगो सत्तालाई विद्यादेवी भण्डारीले न्याय गर्नुसक्नु भएन । रातारात गर्नुहुन्छ । मिनेटमा सिध्याइदिनुहुन्छ । प्रधानमन्त्रीले सिफारिस गर्नेवित्तिकै ५ मिनेटमा केही बिग्रिहाल्छ कि भनेर तुरून्त गर्नुहुन्छ । के मोहनी लाउनु भयो । राजा वीरेन्द्रले त चार पाँच दिन लाउथे ।'
उनको भनाइ जस्ताकोतस्तै:
रामवरणको पालामा सोच-विचार गरेर निर्णय लिइयो । सेनापति कटवाल केसमा अदालतले राष्ट्रपतिलाई फिर्ता पठाउँदा परामर्श गर्ने अधिकार छ भन्यो । सेवा सुविधा ऐन दफा १६ : राष्ट्रपतिविरूद्ध मुद्दा चलाइने छैन । तर संवैधानिक सर्वोच्चता भएको हाम्रो मुलुकमा संविधानले दिएको अधिकार एक्सरसाइज गर्ने भन्ने छ । संविधान बाहिरका कामकारबाहीमाथि प्रश्न उठाउन पाइन्छ ।
प्रधानमन्त्रीले लेखेको चिठी नहेरी लालमोहर लाउने काम भयो । रामवरणको पालामा सोच-विचार गरेर निर्णय लिइयो । सेनापति कटवाल केसमा अदालतले राष्ट्रपतिलाई फिर्ता पठाउँदा परामर्श गर्ने अधिकार छ भन्यो ।
सिंगो सत्तालाई विधा भण्डारीले न्याय गर्नुसक्नु भएन । रातारात गर्नुहुन्छ । मिनेटमा सिध्याइदिनुहुन्छ । प्रधानमन्त्रीले सिफारिस गर्नेवितिकै ५ मिनेटमा केही बिग्रिहाल्छ हाल्छ कि भनेर तुरून्त गर्नुहुन्छ । के मोहनी लाउनु भयो । राजा वीरेन्द्रले त चार पाँच दिन लाउथे ।
न्यायिक पुनरावलोकन न्यायपालिकाको निहीत अधिकार हो ।
वैशाख २७ गते विश्वासको मत पाउनुभएन। ठूलो दलको हैसियतले अल्पमतको हुनुभयो । ३० दिनभित्र विश्वासको मत लिनुभएन । जेठ ६ विश्वासको मत पाउने दह्रो राजनीतिक आधार देखिएन भनेर जानुभयो । फटाईको नि एउटा हद हुन्छ नि । भोलिपल्ट ७ गते ५ बजेसम्म समय दिइयो । दाबी प्रस्तुत गर्न पुग्नुभयो । पहिला नै ओलीको दर्ता गरेपछि देउवाको लिइयो ।
ओलीको कसरी दर्ता भयो । राष्ट्रपति ओलीको मात्र होइन । सिंगो नेपालीको राष्ट्रपतिको हो । हस्ताक्षरबारे प्रधानमन्त्रीले बालुवाटारमा महन्थ ठाकुर र राजेन्द्र महतोले कसरी थाहा पाए ?
दुराशयका बारेमा बोल्नुभएको छैन। २०५२ सालमा विश्वनाथले भैगो भन्नुभयो । अघिल्लो पालि पनि बोलिएन । अब बोल्नैपर्छ ।
दोहोरो हस्ताक्षर परेकाले दाबी पुगेन भनियो । बालुवाटार र शीतल निवासबित टेलिकम्युनिकेसन भयो । फुत्त गएको छ । लिखित जवाफ झगडिया जसरी लेखेको छ । प्रतिनिधिसभाको रक्षाकवच ७६ (५) हो । ब्रह्ममस्त्रले रक्षाकवचको काम गरेको छ । स्वतन्त्र हैसियतबाट पनि आउन पाइन्छ । निर्दलीय भन्ने तर्क जायज छैन ।
अन्तिम विकल्प भनेको उपधारा ४ अनुसार विश्वासको मत लिएर ५ बमोजिम नियुक्त गर्ने हो ।
१४९ जनाको हस्ताक्षर भएको सांसदको पत्रभन्दा बलियो आधार के हुन्छ ? जबकी प्रधानमन्त्रीले दलको र महन्थ र राजेन्द्रको हस्ताक्षरको पत्र बुझाएका छन् । दोहोरो परेको भनियो । तर माधव, झलनाथले त ओलीलाई बनाउन हस्ताक्षर गरेको छैन । कसरी दोहोरो भन्नुभयो ? उहाँले यो हेर्ने होइन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया