अदालत

राष्ट्रपतिले कसैलाई पनि नियुक्ति गर्न पाउदिनँ भन्‍न पाउनुहुन्‍न : टिकाराम भट्टराई

इकागज |
असार ११, २०७८ शुक्रबार १३:६ बजे

काठमाडौँ : वरिष्‍ठ अधिवक्‍ता टिकाराम भट्टराईले राष्‍ट्रपतिले म कसैलाई प्रधानमन्‍त्री नियुक्ति गर्न पाउदिन भन्न नपाउने तर्क गरका छन् ।  प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी रिटमाथिको सुनुवाइको क्रममा संवैधानिक इजलासमा बहसमा भाग दिँदै चार जनाको दाबी परे पनि उहाँले नियुक्ति गर्नुपर्ने उनको तर्क छ । उनले राष्‍ट्रपतिले संवैधानिक कर्तव्य वा दायित्व पूरा गर्नैपर्ने जिकिर गरे । 

'आफ्नै हस्ताक्षर भएको संविधानविपरीत राष्ट्रपतिको काम 'जुडिसियल रिभ्‍यू' भित्र पर्दैन भन्ने दाबी प्रधानमन्त्रीले गर्नुभएको छ,' उनले भने, ' श्रीमान चोलेन्द्र शमशेर जबराले धारा १२७ ले सैनिक अदालतले गरेको आदेश समेत सर्वोच्च अदालतको 'जुरिस्‍डिक्‍सन' भित्र पर्ने व्याख्या गरिसक्नुभएको छ। राष्ट्रपतिले ७६(५) बमोजिम केपी शर्मा ओली मात्रै होइन होइन कसैलाई पनि नियुक्ति गर्न पाउदिन भन्न पाउनुहुन्न । राष्ट्रपतिको संवैधानिक कर्तव्य हो । चार जनाको दाबी परेपनी उहाँले नियुक्ति गर्नुपर्छ । उहाँले संवैधानिक कर्तव्य वा दायित्व पूरा गर्नैपर्छ ।'



Author

थप समाचार
x