अदालत

संवैधानिक इजलासमा वरिष्‍ठ अधिवक्‍ता टिकाराम भट्टराईले भने

'७६(५) बमोजिम सरकार बनाउदा दलको ह्विप लाग्दैन भनेर अदालतले स्पष्ट पार्नुपर्छ'

इकागज |
असार ११, २०७८ शुक्रबार १३:११ बजे

काठमाडौँ : वरिष्‍ठ अधिवक्‍ता टिकाराम भट्टराईले राष्‍ट्रपतिले संविधानको धारा ७६(५) बमोजिम सरकार बनाउँदा दलको ह्विप लाग्दैन भनेर अदालतले स्पष्ट पार्नुपर्ने बताएका छन् ।  प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी रिटमाथिको सुनुवाइको क्रममा संवैधानिक इजलासमा बहसमा भाग दिँदै उनले यस्‍तो बताएका हुन् । 

'७६(५) बमोजिम सरकार बनाउदा दलको ह्विप लाग्दैन भनेर अदालतले स्पष्ट पार्नुपर्छ,' उनले भने, 'ती सदस्यहरूलाई कारबाही हुँदैन । ३० दिनसम्म कारबाही हुँदैन । बरु त्यसपछि नीति तथा कार्यक्रम फेल भयो भने ह्विप लाग्न सक्छ । ७६(१) मा केपी ओली, दुई मा पनि ओली, ३ मा पनि उहीँ तर पाँचमा पनि उहीँ हुन पाउदैन । ७६ (५) को नयाँ व्यवस्था हो । विश्वासको मत लिने अवस्थासम्म ह्विप लाग्दैन ।'



Author

थप समाचार
x