कृषि अधिकृत र प्राविधिक सहायकविरुद्ध मुद्दा दायर
फाइल फोटो
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्दा दायर गरेको छ ।
धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन बापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए ।
अख्तियारले अनुसन्धानपछि दुवैलाई सोही रकम बराबरको बिगो कायम गरि आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया