'मैदान छाडेको प्रधानमन्त्रीले संसद्माथि जालझेल गर्नुभयो'
फाइल तस्बिर
काठमाडौँ : वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मैदान छाडेको प्रधानमन्त्रीले संसद्माथि जालझेल गरेको जिकिर गरेका छन् । प्रतिनिधि विघटन सम्बन्धी बहस गर्दै शुक्रबार संवैधानिक इजलासमा घिमिरेले यस्तो जिकिर गरेका हुन् ।
भारतीय संविधानमा पनि डा अम्बेड्खरले के भन्नुभाथ्यो भने प्रतिनिधि सभा विघटन गर्दा पनि राष्ट्रपतिले परीक्षण गर्नुपर्ने उल्लेख गर्नुभाथ्यो । सभामुख बाहेक सबै स्वतन्त्र सांसद ७६(५) बमोजिम प्रधानमन्त्रीको दाबी गर्न सक्छन् । कुन पार्टीको कति मान्छे भनेर उहाँले हेर्न पाउँनुहुदैन । उहाँको कदम असंवैधानिक छ ।', वरिष्ठ अधिवक्ता घिमिरेको भनाई छ,'मैदान छोडेको प्रधानमन्त्रीले संसद्माथि जालझेल गर्नुभयो । राष्ट्रपतिले लिखित जवाफमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार र अदालतले प्रश्न उठाउन नपाउने दाबी गर्नुपर्यो । नेपाल अधिराज्यको संविधानमा पनि राजाले गरेका निर्णयमा अदालतले प्रश्न उठाउने नपाउने भनेपनी अदालतले गरेका फैसलाहरू छन् । वर्तमान राष्ट्रपतिले गरेको निर्णयमा अदालतले न्यायनिरुपण गर्नसक्छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया