अदालत

आजको बहस सकियो, रिट निवेदकको भागमा अझै २ घण्टा ३५ मिनेट समय

इकागज |
असार ११, २०७८ शुक्रबार १५:१५ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ । आज शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरे । 

रिट निवेदक तर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी बताउँदै आजको इजलास स्थगित भएको जानकारी गराएका थिए ।   रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।



Author

थप समाचार
x