अदालत

सर्वोच्चले दिएन एआईजी ज्ञवालीसहितका प्रहरीको रिटमा अन्तरिम आदेश

इकागज |
भदौ २०, २०८१ बिहीबार १८:४३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनीहरुको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । , उनीहरुको मुद्दालाई भने अदालतले अग्राधिकार दिएको छ ।


एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले उमेर हदअनुसार अवकाशमा नपठाउन माग गर्दै १२ भदौमा सर्वोच्चमा रिट दिएका थिए ।

प्रहरी किताबखानाले भने उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ । उनीहरू ले सोही पत्र कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । ज्ञवालीले केही दिनमा अवकाश पाउने छन् 

 


Author

थप समाचार
x