अदालत

'विश्वासको मत नलिएपछि ओलीलाई प्रधानमन्त्री बन्‍न भोटे ताल्चा लाग्छ, सुरुमै आउट भएपछि नकआउट चरणमा जान मिल्दैन'

इकागज |
असार १३, २०७८ आइतबार १५:७ बजे

काठमाडौँ : वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच सवाल-जवाफ भएको छ । संवैधानिक इजलासमा आइतबार प्रधानन्यायाधीश जबरा भने- '७६(५) को अन्तिम प्रधानमन्त्री होइन । ७६(५)को प्रक्रिया अन्तिम हुनसक्छ र ७ को व्याख्या पनि हेर्नुपर्‍यो नि ।'

संवैधानिक इजलासमा बहस गर्दै  वरिष्ठ अधिवक्ता ज्ञवालीले भने- '७६(५) को प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा मात्र प्रतिनिधि सभा विघटन हुन्छ । ७६(३) मा विश्वासको मत नलिएपछि ओलीलाई प्रधानमन्त्री बन्न भोटे ताल्चा लाग्छ । सुरुमै आउट भएपछि नकआउट चरणमा जान मिल्दैन ।' 



Author

थप समाचार
x