अदालत

एनआरएन विवादमा मिसिल झिकाउने आदेश

इकागज |
भदौ ३१, २०८१ सोमबार २०:१ बजे

फाइल फाेटाे

काठमाडौँ - सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज एनआरएनको महाधिवेशनका सम्बन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अवलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ ।


एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए । उक्त संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतबाट यसअघि दुई वटा फैसला सुनाइ सकेको छ ।
रासस


Author

थप समाचार
x