अदालत

पाटन अस्पतालका ल्याव टेक्निसियनविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

इकागज |
असोज २, २०८१ बुधबार १९:३१ बजे

फाइल फाेटाे

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी तहको शैक्षिक योग्यताका प्रमाणपत्र भारतको मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको प्रमाणपत्रहरु नक्कली भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।



Author

थप समाचार
x