अदालत

महान्यायाधिवक्ता केशव बडालको तर्क

'दलले टिकट दिएर निर्वाचित हुने, अनि म निर्दलीय भएँ भन्न मिल्दैन'

इकागज |
असार १४, २०७८ सोमबार १२:२४ बजे

काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले दलको टिकटबाट निर्वाचित हुने सांसदले म निर्दलीय भएँ भन्न नपाउने तर्क गरेका छन् । प्रतिनिध सभा विघटनसम्‍बन्‍धी रिटमा सरकारको तर्फबाट बहस गर्दै एउटा दलको निर्णयविपरीत दलका सदस्यले अर्को दललाई समर्थन गर्न नमिल्‍ने जिकिर गरे ।

'दलले टिकट पठाएर निर्वाचित हुने अनि म निर्दलीय भएँ भन्न मिल्दैन, महान्यायाधिवक्ता बडालले भने, 'असमान विचारधारा भए मात्रै बहुदलीय व्यवस्था भन्छौं । एउटा दलको निर्णय विपरीत दलका सदस्यले अर्को दललाई समर्थन गर्न मिल्छ ? संविधानले परिकल्पना गरेको राजनीतिक दल यहीँ हो ? संविधानले परिकल्पना गरेको संरचना भनेको बहुदलीय व्यवस्था हो । दलीय प्रतिस्पर्धा हो । दलीय प्रतिस्पर्धालाई असर पुग्ने गरी भएको मागदाबी अदालतले सम्बोधन गर्न मिल्छ ?'
 



Author

थप समाचार
x