महान्यायाधिवक्ताको प्रश्न : बङ्गालको खाडीमा पुगेको पानीलाई कुन गण्डकी, कुन कोशी कसरी छुट्याउने श्रीमान् ?
काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले प्रधानमन्त्रीले ७६(४) बमोजिम नै विश्वासको मत दाबी गर्ने बताएका छन् । यसका लागि उनले खोलानालाको उदाहरणसमेत दिए ।
सोमबार संवैधानिक इजलासमा बडालले जिकिर गरे,'विश्वासको मतको दाबी गर्ने त उपधारा (४) नै रैछ नि । देशभर नदिनाला गएर मिस्सिने बङ्गालको खाडीमै रैछ । उपधारा (१),(२),(३) र (५) जसरी नियुक्त भए पनि विश्वासको मत लिन जाने ठाउँ उपधारा (४) नै हो । अब कुन पानी कर्णालीको, कुन गण्डकी,कुन कोशी कसरी छुट्याउने श्रीमान्, त्यही ७६(४) मा गएर विश्वासको मत लिनुपर्ने भएपछि (५) लाई दलको ह्विप लाग्ने, अरु उपधारामा ह्विप नलाग्ने कसरी भयो ?'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया