अदालत

सर्वाेच्चका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी

इकागज |
असोज १४, २०८१ सोमबार १४:४४ बजे

फाइल फाेटाे

काठमाडौँ - संसदीय सुनुवाइ समितिमा सर्वाेच्चका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । 

सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा राउतविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएको हो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेपछि समितिले उजुरी आह्वान गरेको थियो ।


त्यस्तै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध दुई वटा उजुरी प्राप्त भएको समिति सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए । समितिले उजुरीकर्तासँग मंगलबार छलफल गर्ने जनाएको छ ।

असोज १६ गते राउतको सुनुवाइ हुने समिति सदस्य जबराले जानकारी दिए ।  त्यस्तै सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उनले बताए । 

न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो ।


Author

थप समाचार
x