अदालत

आफूमाथि दायर भएको अवहेलना मुद्दाको डटेर सामना गर्छु - बार अध्यक्ष घिमिरे

इकागज |
असोज १५, २०८१ मंगलबार १९:१५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूमाथि दायर भएको अवहेलना मुद्दाको डटेर सामना गर्ने बताएका छन् । 

मंगलबार बारमा पत्रकार सम्मेलन गर्दै घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर मुद्दा चलाइएको भन्दै बारले डटेर सामना गर्ने बताएका हुन् ।​


उनले अदालतलाई होच्चाउने कुनै कुरा नगरेको र न्यायपरिषद्ले गरेका गैरसंवैधानिक कामको विरोध मात्रै गरिएको धारणा राखे । न्यायलयमा भष्ट्राचार रहेको कुरा अघिल्ला प्रतिवेदनहरूले देखाएको अवस्थामा भ्रष्टाचारका विषयमा आफूले बोलेको कुराहरू स्वभाविक रहेको उनले बताए । 

घिमिरेले आफूलाई मन नपरेका विरुद्ध मुद्दा लगाउने कार्यको विरोध गर्दै जस्तोसुकै परिस्थिति आएपनि गैरसंवैधानिक क्रियाकलापविरुद्ध बोलिरहने स्पष्ट पारे । ​

उनले मर्यादित तवरले विरोध जारी राख्ने र न्यायपरिषद्को कुनै पनि कदमले बार विचलित नहुने धारणा राखे ।


Author

थप समाचार
x