प्रधान न्यायाधीशको प्रश्न, प्रधानमन्त्रीले संसद छलेर विश्वासको मत नलिने घोषणा गर्न मिल्छ?’
काठमाडौँ : प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्मा जाने कि राष्ट्रपति कार्यालय जाने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा संवैधानिक इजलासमा सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गरेका हुन् । ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ? विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने घोषणा त संसद मार्फत जानुपर्ने होइन र ? तर, त्यसलाई छलेर जान मिल्छ ?’ प्रधानन्यायाधीश जबराले सोधे ।
यसअघि बसहकाक्रममा नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत पाउँदिनँ, धारा ७६ (३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको तर्क गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया