अदालत

'राष्ट्रपतिको अधिकार कति हुन्छ भन्ने व्याख्या इजलासबाट हुनुपर्छ'

इकागज |
असार १६, २०७८ बुधबार १२:२३ बजे

काठमाडौँ : सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले राष्ट्रपतिको अधिकारको व्याख्या इजलासबाट हुनुपर्ने तर्क राखेका छन् । संवैधानिक इजलासमा बहस गर्दै बुधबार रेग्मीले यस्तो जिकिर गरेका हुन् ।

उनले भने,'७६ (५) शर्त के हो ? कसरी कार्यान्वयन हुन्छ, इन्कार गर्ने कहाँ हुन्छ भन्ने आयो । ७६(५) कसरी कार्यान्वयन हुन्छ राष्ट्रपतिको अधिकार कति हुन्छ भन्ने व्याख्या इजलासबाट हुनुपर्छ । धारा ७६(३) को सरकारले उपधारा ( ४ )अनुसार विश्वासको मत पाउने अवस्था छैन भनेर (५) मा जाने प्रक्रियाका लागि खुल्ला भएपछि राष्ट्रपति समक्ष पुगेर दुईवटा निवेदन परेको कुरा निवेदकले स्वीकार गरेको छ । गोपाल पराजुलीले राष्ट्रपतिलाई खुवाएको सपथ विवादमा परेपछि त्यसमा कारण देखाउ आदेश समेत जारी नभई खारेज गरेको थियो। नियुक्त गर्ने अधिकारभित्र अस्वीकार गर्ने अधिकार के हो त भनेर हेर्दा धारा ७६ मा फरक कुरा छन् । विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा सन्तुष्ट हुने देखिन्छ ।'



Author

थप समाचार
x