अदालत

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

इकागज |
कात्तिक ४, २०८१ आइतबार १७:४९ बजे

फाइल फाेटाे

काठमाडौँ - सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाले आइतबारसम्म ३ दिन बितिसकेकाले अब बुधबारसम्म अर्थात थप तीन दिन लामिछाने हिरासतमा रहने छन् ।


बहसका क्रममा सरकारी वकिल कार्यालयले ६ दिन म्याद थप गर्न माग गरेका थिए भने लामिछानेका वकिलहरूले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको तर्क गरेका थिए ।  लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरि कास्की लगिएको थियो । 

 


Author

थप समाचार
x