अदालत

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता

इकागज |
असार १६, २०७८ बुधबार १७:१५ बजे

काठमाडौँ : विभिन्न संवैधानिक निकायमा गरिएका २० जना पदाधिकारीको नियुक्‍तिविरुद्ध सर्वोच्‍च अदालतमा पुरक रिट सर्वोच्‍चमा दर्ता भएको छ । सर्वोच्‍चका सञ्‍चार विज्ञ किशोर पौडेलकाअनुसार बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको पूरक रिट निवेदन दर्ता भएको हो । 

वरिष्ठ अधिवक्ता त्रिपाठीले गत असार १० गते २० जनालाई विभिन्‍न आयोगको अध्यक्ष, आयुक्त एवं सदस्यहरूमा गरिएको नियुक्ति प्रथम दृष्टि मै गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरी पाउ भनि पूरक रिट पेश गरेका थिए । रिटको अन्तिम टुंगो नलागेसम्म निजलाई आयोगको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम माग गरिएको उनले जानकारी दिए । 



Author

थप समाचार
x