Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

अदालत

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट 'हेर्न नमिल्ने' मा

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १४:० बजे

काठमाडौँ- नेकपा एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दानविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा परेको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको सो रिट हेर्न नमिल्नेमा राखिएको हो ।


न्यायाधीश सुवेदीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ जोडिएको ललिता निवासको मुद्धा आफूले हेरिसकेको भन्दै आजको मुद्दा हेर्न नमानेको बताइएको छ ।

एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुन विपरित भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

यसअघि उक्त रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको यो रिटमाथि मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो।

गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि दान गरेको जग्गामा पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास समेत गरिसकेका छन् ।


Author

थप समाचार
x