अदालत

रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा ८ घण्टा बयान

इकागज |
कात्तिक १२, २०८१ सोमबार २०:५७ बजे

फाइल फाेटाे

पोखरा - सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । सोमबार प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा करिब ८ घण्टा लामो समय बयान लिएको हो । 

सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ ।


कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।


Author

थप समाचार
x