अदालत

संवैधानिक इजलासमा अग्‍नि खरेलको प्रश्‍न

'सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ?'

इकागज |
असार १७, २०७८ बिहीबार १२:१८ बजे

फाइल तस्‍बिर

काठमाडौँ : पूर्वमहान्यायाधिवक्ता अग्‍नी खरेलले विश्‍वासको मत प्राप्‍त नहुने देखिएपछि केपी ओलीले प्रधानमन्‍त्रीमा पुन: दाबी गरेको तर्क गरेका छन् । बिहीबार प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी रिटको सुनुवाइका क्रममा स‌ंवैधानिक इजलासमा संविधानले पुन: दाबी गर्न नरोकेको दाबी गरे । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई ७६ (२) को सरकार किन नबनाएको भन्‍दै प्रश्‍नसमेत गरेका छन् । 'सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ?' उनले प्रश्‍न गरेका छन् । 

'प्रधानमन्त्रीको नियुक्तिमा प्रश्नहरू उठेका हुनाले धारा ७६ को बारेमा प्रष्ट पार्न चाहन्छु,' उनले भने, '७६ उपधारा १ मा स्पष्ट व्यवस्था छ । शेरबहादुर देउवाले ७६ (२) को सरकार किन बनाउनुभएन ? सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ? ७६(१) को प्रधानमन्त्रीमा ओली, (२) मा नि ओली, (३) मा पनि ओली । 
विश्वासको मत नलिइकन प्रधानमन्त्री ७६(५) मा जानमिल्दैन ? विश्वासको मत प्राप्त नहुने देखिसकेको थियो । ७६(५) बमोजिम राष्ट्रपति समक्ष पेश गर्नुभयो । संविधानले यो व्यवस्थालाई रोकेको छैन । प्रक्रिया पूरा गरेको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले समर्थन देखाउनु भयो त्यसपछि दाबी पेश गर्नुभयो ।'



Author

थप समाचार
x