Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

अदालत

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

इकागज |
कात्तिक २३, २०८१ शुक्रबार १६:१८ बजे

तस्विरः फाइल फोटो

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।


प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो। सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए। निरौलामाथि दुइटा उजुरी आएको थियो।
 
ती उजुरीमाथि जबाफ दिएका निरौलाले आफू मुख्य रजिस्ट्रार भएका बेला न्यून बेरूजु भएकोले पुरस्कार पाएको र सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का प्रक्रिया सम्बन्धमा आफू संलग्न नरहेको बताए। 

आफू मुख्यन्यायाधीशमा नियुक्त भएको दुई महिनापछि  सर्वोच्चको भवन निर्माणको प्रक्रियाबारे निर्णय भएकोले यसमा संलग्न नरहेको उनको भनाइ छ।

निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माण प्रक्रियामा कमिसन लिएको, सर्वोच्च अदालतका लागि गाडी खरिद तथा भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा अनियमितता गरेको उजुरी परेको थियो। समितिमा पाण्डेविरूद्ध कुनै उजुरी परेको थिएन।


Author

थप समाचार
x