अदालत

दीपक मनाङेलाई जिल्ला अदालतमा पेस, आजै कारागार चलान हुने

इकागज |
कात्तिक २७, २०८१ मंगलबार १४:२४ बजे

काठमाडौँ - पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

मंगलबार काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो लागिएको थियो । 


मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट अदालतमा उपस्थित गराइएको छ । त्यसपश्चात उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।

गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । मनाङेले मुद्दामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २६ महिना जेल बस्नुपर्ने भएको छ । यसका साथै उनको प्रदेश सांसद पद पनि जाने भएको छ ।


Author

थप समाचार
x