अदालत

संवैधानिक इजलासमा अधिवक्ता भोजराज आचार्यको तर्क

‘अर्को पार्टीको सांसद लिएर प्रधानमन्त्री बन्न जानु बौद्धिक अपहरण हो’

इकागज |
असार १८, २०७८ शुक्रबार १३:३५ बजे

फाइल फोटो

काठमाडौँ : अधिवक्ता भोजराज आचार्यले अर्को पार्टीको सांसद लिएर प्रधानमन्त्री बन्न जानु बौद्धिक अपहरण भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने क्रममा अधिवक्ता आचार्यले अरु पार्टीको सांसद लिएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न जानु बौद्धिक अपहरण भएको बताए ।

‘७६(५) अनुसार अन्य दलको सांसद लिएर दाबी गर्नु,अर्को पार्टीको सांसदहरू लिएर प्रम बन्न जानू बौद्विक अपहरण हो’ उनले भने, ‘एमालेका व्यक्तिहरू 
सुर्य चिन्ह लिएर अर्कोमा लगेर सुर्य चिन्हको ट्रेडमार्क र बौद्विकताको अपहरण गरियो ।’ 


व्यक्तिलाई मान्यता दिनु राजनीतिक सिद्वान्तविपरीत भएको पनि उनको टिप्पणी छ । यसका लागि चुनावमा जानु उत्तम विकल्प भएको उनको भनाइ थियो । 


Author

थप समाचार
x