एमालेको जग्गा विवाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित
फाइल फाेटाे
काठमाडौं - नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दा आज पनि स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।
भाटभटेनीका साहु मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । जसमा सर्वोच्चमा मुद्दा दायर गरिएको थियो ।
गत मङ्सिर १० गते पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।
यसअघि मंसिर २, मंसिर ४, मंसिर ७ र मंसिर १० गते हेर्न नभ्याउने हुँदै स्थगित हुँदै आएको थियो । यो सहित स्थगित भएको पाँचौं पटक हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया