अदालत

मधेश प्रदेशका दुई न्यायाधीशलाई सर्वोत्कृष्ट पुरस्कार

इकागज |
पुस ३, २०८१ बुधबार १७:९ बजे

काठमाडौं - वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई जना न्यायाधीश सम्मानित भएका छन् ।

यसरी नगद पुरस्कारसहित सम्मानित हुनेमा दुबै न्यायाधीश मधेप्रदेशका रहेका छन्  । 


जसअनुसार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका दीपक खनाल हुन ।

बुधवार न्याय परिषद्को ३४ औँ दिवसको अवसरमा उनीहरूलाई प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सम्मान गरेका हुन् ।
 


Author

थप समाचार
x