अदालत

रबि लामिछानेविरुद्ध तीन वटा मुद्दा दर्ता

इकागज |
पुस ७, २०८१ आइतबार १४:३० बजे

फाइल फोटो

काठमाडौँ - पूर्व गृहमन्त्री रबि लामिछानेविरुद्ध तीनवटा मुद्दा दर्ता भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध उनी पक्राउ परेको ९२ दिन पछि कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो ।


लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन् । 

उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।  उनी सहित ४४ जनालाई विपक्षी बनाइएको छ । 


Author

थप समाचार
x