सहकारी हिनामिनाः लेखा समितिका सभापतिका पत्नी अदालतमा हाजिर
विराटनगर- सार्वजनिक लेखा समितिका सभापतिका श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् । सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् ।
मोरङको धनपालथान– ४ को उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्नताको आरोप उनी माथी छ । मोरङ जिल्ला अदालतमा उनी बिहान उपस्थिति भएकी हुन् । लगत्तै जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा आजै बयान हुने गरी पेशी तोकिको समेत जनाइएको छ ।
सहकारी हिनामिना सबन्धी आरोप माथीको उनको बयान सकिएपछि थुनछेक बहस हुने जनाइएको छ। अदालतले गत पुस २ गते उनीबिरूद्द पक्राउ पुर्जी जारी गरे पनि उनी सम्पर्क बाहिर रहेकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया