अदालत

लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

इकागज |
पुस २४, २०८१ बुधबार १७:५३ बजे

विराटनगर - जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमतीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले अञ्जला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो । 

मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।


सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी थिइन्।  आजै बयानपछि थुनछेक बहस भएको थियो ।

मोरङको धनपालथान– ४ को उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्नताको आरोप उनी माथि छ ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । अदालतले गत पुस २ गते उनी विरुद्ध पक्राउ पुर्जी जारी गरे पनि उनी सम्पर्क बाहिर रहेकी थिइन् ।


Author

थप समाचार
x