कालीगण्डकी–तिनाउ डाइभर्सनमा सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौँ : सर्वाेच्च अदालतले कालीगण्डकी–तिनाउ नदी डाइभर्सन आयोजनाका विरुद्धमा परेको रिटमा यससम्नधी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित आगामी साउन ४ गते अन्तरिम आदेशको छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
अधिवक्ता तुलसीराम पोखरेलसमेत निवेदक रहेको रिटमा सर्वाेच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यसमा अन्तरिम आदेश हुने/नहुने सम्बन्धमा विषयवस्तुको प्रकृति र गम्भीरतालाई विचार गर्दा दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने देखिएको ठहर गरेको छ । छलफलका लागि कालीगण्डकीको डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजासहित उपस्थित हुन आदेश दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया