अदालत

सर्वाेच्चले शिक्षामन्त्री श्रेष्ठ र रूपा सुनारसहितलाई बोलायो

इकागज |
असार २३, २०७८ बुधबार १७:९ बजे

काठमाडौँ । सर्वोच्च अदालतले  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, रुपा सुनार र घरबेटी सरस्वती प्रधानलाई बहसका लागि बोलाएको छ । सुनारले आफूमाथि जातीय विभेद गरेको आरोपमा बबरमहलकी घरबेटी प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै मन्त्री श्रेष्ठविरुद्ध रिट दायर गरेकी थिइन् । सोही रिटमा बहस गर्न अदालतले असार २९ गते दुवै पक्षलाई बोलाएको हो ।  

न्यायाधीश कुमार रेग्मीको इजलासले पेसी तोक्न र विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ बुझाउन पनि भनेको छ । ‘जातको आधारमा व्यक्ति विरूद्ध छुवाछुतको भेदभाव गरिने कार्य क्रुर र अमानवीय भएकोमा विवाद छैन। यस्तो कार्य संविधान र कानूनले वर्जित गरेको छ र दण्डनीय अपराध मानेको छ । रिट निवेदकले आफू विरूद्ध जातको आधारमा छुवाछुतको भेदभाव गरिएको कानूनबमोजिम अनुसन्धान गरी दोषीमाथि कारबाही होस भन्ने माग गर्नु निवेदकको कानुनी अपेक्षाको विषय रहेको र निवेदकलाई न्यायदिनु राज्यको कर्तव्य रहेको हुँदा सो सम्बन्धमा के कसो भएको छ कसरी अनुसन्धान अघि बढिरहेको छ भनि विपक्षीहरू समेतको सहभागितामा छलफल गरी अन्तरिम आदेश हुने­÷नहुने निर्णय हुनेछ। दुवैपक्षलाई सूचना दिनू’ सर्वोच्चको आदेशमा भनिएको छ ।   


 

 


Author

थप समाचार
x