अदालत

लेखा समिति सभापतिका पूर्व पिए पोखरेल ५ दिन हिरासतमा

इकागज |
पुस २५, २०८१ बिहीबार १८:५९ बजे

विराटनगर - सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् ।

जिल्ला अदालत मोरङले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोङलाइ अनुमति दिएको हो ।


एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा आजै पोखरेल पक्राउ परेको थिए । जिल्ला प्रहरी कार्यालय, मोरङले अदालतमा लगे पछि उनलाई हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाई जिम्मेवारीबाट बर्खास्तसमेत गरेका थिए ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उन त्यसपछि फरार रहँदै आएका थिए । 
 


Author

थप समाचार
x