अदालत

रवि लामिछानेले बुझाए प्रभु बैंकको 'बैंक ग्यारेन्टी', केही बेरमा रिहा हुँदै

इकागज |
माघ २, २०८१ बुधबार १९:१० बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् ।

जिल्ला अदालत काठमाडौँले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् । 


कालिमाटीको स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । गत आइतवार देखि सुरू भएको बहस पछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । 


Author

थप समाचार
x