रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
काठमाडौँ- रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ। उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले इकागजलाई जानकारी दिए।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान भएको हो। मरासिनीका अनुसार आज उनलाई परिवार र कानुन व्यवसायीको जिम्मामा भोलि उपस्थित हुने गरी छाड्न आदेश भएको छ।
सुप्रिम सहकारीको बचत ठगी आरोपमा उनीलगायत विरुद्ध रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया