अदालत

सुप्रिम सहकारी अपचलनः रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन

इकागज |
माघ ११, २०८१ शुक्रबार २०:३३ बजे

फाइल फाेटाे

रुपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी अपचलन र सङ्गठित अपराध मुद्दाको थुनछेक बहस आज पनि सकिएन ।

बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०:३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । 


बुधबार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो । आज भएको बहसमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट तीन कानुन व्यवसायीले बहस गरेको ज्ञवालीले बताए । ज्ञवालीले आइतबार बहस सकिएमा थुनछेकको आदेश आउन सक्ने बताए । 


Author

थप समाचार
x