न्यायपरिषद्को सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
फाइल फाेटाे
काठमाडौं - संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाई गर्दै सर्वसम्मतिले उनको नाम अनुमोदन गरेको हो । न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिइन् ।
त्यसअघि बैठकमा संसदीय सुनुवाईका क्रममा प्रस्तावित न्यायपरिषद्क सदस्य खड्काले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको छवि अभिवृद्धि गर्ने र न्यायालयको सुधार र गरिमा कायम प्रतिबद्धता जनाए ।
संविधान र कानुनप्रति आस्था राख्दै स्वतन्त्र पूर्वक काम गर्ने उनले बताए । उनले न्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दा स्थापित सिफारिसका आधारलाई पारदर्शी बनाउने प्रयास रहने उल्लेख गरे ।
पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया