अदालत

रविको बयान सकियो, थुनछेक बहसको तयारी

इकागज |
माघ २३, २०८१ बुधबार १५:५१ बजे

चितवन - चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।


न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसंगै थुनछेन बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् ।

सरकारी वकिलको तर्फबाट तीन जना, सहकारी पीडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालतनामा दर्ता गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।


Author

थप समाचार
x