अदालत

भूमि आयोग विघटनविरूद्ध रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (आदेशसहित)

इकागज |
साउन २५, २०७८ सोमबार १४:४४ बजे

काठमाडौँ– सर्वाेच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता प्रवेश केसीको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार सरकारले खारेज गरेको भूमि आयोगबारे निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतले भूमि आयोग विघटन गर्नुपर्ने कारण पेश गर्न पनि आदेश दिएको छ । साथसाथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको  छ । सरकारले गत मंगलबार भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो। 



Author

थप समाचार
x