अदालत

नेपाल बारकाे बैठक बस्‍दै, प्रधान्यायाधीशका कदमबारे छलफल हुने

इकागज |
कात्तिक ८, २०७८ सोमबार १०:५४ बजे

फाइल तस्‍बिर

 

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली विषय पेचिलो बनिरहेका बेला नेपाल बार एसोसिएसन पनि छलफलमा जुटेको छ । पछिल्लो विकसित घटनाबारे छलफल गर्न बारका पदाधिकारीबीच बिहान ११ बजे बैठक बस्न लागेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।


प्रधानन्यायाधीश जबराले आइतबार मात्र बार र न्यायाधीशसँग छुट्टाछुट्टै बैठक गरेर आजका लागि फुलकोर्ट डाकेका थिए । तर, १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय लिएपछि विषय थप पेचिलो बन्दै गएको हो । 

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागवण्डा लिएपछि उनीप्रति चौतर्फी प्रश्न उठ्न थालेको हो । यसबाहेक गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन नभएपछि बारका पदाधिकारी पनि असन्तुष्ट छन् । पूर्वन्यायाधीशहरूको फोरम र नेपाल बार एसोसिएसनले जबराले मार्गप्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएको छ ।
 

 


Author

थप समाचार
x