अदालत

इजलासमा नबसी न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध रणनीति बनाउँदै

इकागज |
कात्तिक ८, २०७८ सोमबार १२:९ बजे

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेको इजलासमा नबसी उनीविरुद्धै न्यायाधीशहरू छलफलमा व्यस्त छन् ।

सोमबार १३ जना न्यायाधीश उपस्थित छन् । जसमा १२ जना न्यायाधीशलाई संयुक्त इजलास तोकिएको छ भने बमकुमार श्रेष्ठलाई भने एकल इजलास तोकिएको छ ।


आइतबारका १४ मध्ये न्यायाधीश नहकुल सुवेदी भने आज अनुपस्थित छन् । र उनीहरू कुनै पनि इजलासमा प्रवेश गरेका छैनन् । उनीहरू सर्वोच्‍च अदालतभित्रै प्रधानन्यायाधीशविरुद्ध लिइने छलफलमा व्यस्त छन् । आज प्रधानन्यायाधीशले फुलकोर्टको बैठक बोलाएका छन् ।


Author

थप समाचार
x